अर्थ

भृकुडीमण्डपमा भव्य रुपमा महिन्द्रा उदय मेला

काठमाडौं – भारतीय अटो मोबाइल्स कम्पनी महिन्द्राले शुक्रबादरदेखि भृकुटीमण्डपमा भव्य रुपमा महिन्द्रा उदय मेला सुरु गरेको छ। नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गरेकी थिइन्। 

कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएका ३५ भन्दा बढी मोडलका उत्पादन प्रदर्शनीमा राखेको छ। मेलाको पहिलो दिन महिन्द्राले ६ वटा नयाँ गाडी नेपाली बजारमा अनावरण गरेको छ। महिन्द्राको बहुप्रतीक्षित एसयुभी एक्सयुभी ३००, नयाँ एमपिभी मराजो, महिन्द्राको नयाँ ट्याक्टर जिभो २४५ र युभो ४१५ तथा महिन्द्राको हेभी कमर्सियल भेहिकलहरु फ्युरियो र ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी७५ पनि सार्वजनिक गरेको छ। 

महिन्द्राका उत्पादन नेपाली बजारमा २७ वर्षदेखि बिक्री वितरण हुँदै आएको छ। महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्तरुपमा यो लाइफस्टाइल एन्ड अटो सो आयोजना गरेको हो। आकर्षक डिजाइन, उत्कृष्ट पर्फर्मेन्स र विशेषताका एसयुभी निर्माणमा चर्चित कम्पनीले आफ्ना सबै उत्पादनलाई उक्त मेलामा राखेको छ। 

एसयुभी, इलेक्ट्रिक सवारी, दुईपांग्रे सवारी, हेभी इक्विप्मेन्ट, कृषिमा प्रयोग हुने उपकरण, कमर्सियल प्रयोगमा आउने सवारी साधनका साथै महिन्द्राका सबै उत्पादनलाई यस महिन्द्रा उदयमा देख्न सकिने छ। यो प्रदर्शनीमा अटो सोका साथै विभिन्न कलाकारहरुको लाइभ पर्फर्मेन्सको आनन्द लिनुका साथै विभिन्न स्वादका खानाको पनि मजा लिन सकिनेछ।  

 

प्रकाशित: १२ फाल्गुन २०७५ ०६:१७ आइतबार

महिन्द्रा मेला  अटो_प्रदर्शनी नेपाल_उद्योग_वाणिज्य_महासंघ