अर्थ

कञ्चनपुर उद्याेग वाणिज्य संघमा मल्ल

महेन्द्रनगर- कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्याशी सञ्जीवचन्द्र भट्टलाई दुई सय ७७ मतले पछाडि पार्दै मल्ल विजयी भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष मल्लले एक हजार एक सय ५८ मत प्राप्त गरेका छन्। अध्यक्षमा पराजित भएका भट्टले एक हजार ३ सय ८१ मत प्राप्त गरेका छन्। यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मल्लले संघको नेतृत्व गर्ने अवसर पाएका हुन्। अध्यक्ष पदबाहेक अन्य सबै पदाधिकारी भने भट्ट प्यानलबाट विजयी भएका छन्। सदस्यहरुमा मिश्रित परिणाम आएको छ।

वरिष्ठ उपाध्यक्षमा आफ्ना प्रतिद्वन्द्वी माधवप्रसाद जोशीलाई १२ सय ५० मतका विरुद्ध १७ सय ६८ मत ल्याई पिताम्बर जोशी विजयी भएका छन्। वरिष्ठ उपाध्यक्ष जोशी सदस्यबाट सिधै वाणिज्य उपाध्यक्षमा चुनाव लडेका हुन् ।

यसैगरी, वाणिज्य उपाध्यक्षमा आफ्ना निकटतम् प्रतिद्वन्द्वी सुरेश गुरुङलाई ७ सय ७७ मतका विरुद्ध मदनराज पन्तले १२ सय ५० मत प्राप्त गरी विजयी भएका छन। उद्योग उपाध्यक्षमा आफ्ना निकटतम् प्रतिद्वन्द्वी तेजसिंह कार्कीलाई ५ सय २ मतका विरुद्ध हेमराज जोशीले ५ सय २७ मत प्राप्त गरी विजयी भएका छन्।

महासचिवमा वासुदेव जोशीले पाएको १५ सय ९ मतसहित विजयी भए। प्रतिद्धन्द्धी खगेश्वरप्रसाद बोहराले १४ सय ४७ मत प्राप्त गरे।

त्यसैगरी, सचिव पदमा गणेशराज चटौत १५ सय २ मत प्राप्त गरी विजयी भएका छन्। चटौतसँग प्रतिद्वन्द्वी रञ्जना थापा १४ सय ७५ मत ल्याई पराजित भएकी छिन ्। कोषाध्यक्षमा १५ सय ८२ मत ल्याएर निर्मला सापकोटा विजयी भएकी छिन्। कोषाध्यक्षमा १२ सय ८४ मत प्राप्त गरी राहुल भट्ट पराजित भएका छन्। सदस्यहरुमा कृष्णदेव भट्ट, कृष्णानन्द भट्ट, चेतराज जोशी, धिरजबहादुर चन्द, विवेकराज जोशी, महेशराज जोशी र यज्ञराज भट्ट विजयी भएका छन्।

प्रकाशित: ७ माघ २०७५ १४:५२ सोमबार

कञ्चनपुर_उद्योग_वाणिज्य_संघ जंगबहादुर_मल्ल