अर्थ

एनआइसी एसियाकाे सेवा तिब्र

पर्वत - जलजला गाउँपालिका ३ पर्वत बेनीमा रहेको एनआइसी एसिया बैङ्कले सेवासुविधालाई तिब्र रुपमा विस्तार गरिरहेकाे छ। त्यस्तै म्याग्दीको सदरमुकाम बेनीलाई समेत लक्षित गरी शाखा विस्तार गरेको बैंकले सेवाग्राहीको सहजतालाई मध्यनजर गरी एटीएम सेवा सुरु गरेको छ।

गत वर्षको माघदेखि शाखा सञ्चालन गरेर वित्तिय सेवा प्रवाह गर्दै आएको एनआइसीले शुक्रबारदेखि एटिएम सेवा थप गरेको हो । शाखा प्रबन्धक गणेश पौडेलले बताए । ‘सेवाग्राहीलाई सहज भएको छ,‘थप सुविधाहरुलाई विस्तार गर्ने प्रयासमा छौ’ उनले भने । 

पर्वतको जलजला गाउँपालिकाका साथै म्याग्दीको सदरमुकाम तथा आसपासका क्षेत्रका सेवाग्राहीले समेत नियमित सेवा लिने गरेका छन् ।  मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीहरुलाई समेत एटिएम सेवाले सहज भएको छ । भिसा नेटवर्कमा आवद्ध बैङ्कका सेवाग्राहीहरुले एटिएमबाट सेवा पाउने शाखाले जनाएको छ । बैंकको देशभर २७० शाखा, २८५ एटियम, एक्टेन्सन काउन्टर ३७ र २० शाखारहित बैंकिङ सेवा रहेका छन् । नेपालमै सबैभन्दा ठुलो सञ्जाल भएको बैंक समेत हो ।

शाखाले कर्जा, निक्षेप सम्बन्धि योजनाको सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले शाखाका कर्मचारीहरुको टोलीले घरदैलोलाई समेत प्राथमिकता दिएको छ । एनआइसीले म्याग्दीको सदरमुकाम बेनीमा पनि शाखा विस्तारको तयारी गरेको छ । 

प्रकाशित: १ पुस २०७५ ०४:३८ आइतबार

एनआइसी_एसिया सेवासुविधा पर्वत