अर्थ

कावासोतीमा ज्योति विकास बैंकको शाखा

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा खोलेको छ। कावासोती नगरपालिका–८ मा आइतबार सोही वडाका अध्यक्ष आनन्द गुरुङ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन्।

बैंकले हाल ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएममार्पmत बैंकिङ सेवा प्रदान गरिरहको जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले यही आर्थिक वर्षभित्र थप १० वटा नयाँ शाखा र २७ स्थानमा एटिएम सञ्चालनमा ल्याउने जानकारी दिएको छ।

प्रकाशित: १७ मंसिर २०७५ ०४:५६ सोमबार

ज्योति_विकास_बैंक