अर्थ

नेपाल र म्यान्मारबीच व्यापार सम्झौता

काठमाडौं – नेपाल र म्यान्मारबीच व्यापार र लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारका स्टेट काउन्सिलर आङ साङ सु कीको उपस्थितिमा व्यापार सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मारका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका हुन्। संझौताले दुई देशबीच खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि बाटो खोलेको छ।

‘एसिया प्रशान्त शिखर सम्मेलन’मा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा काउन्सिलर सु की बिहीबार काठमाडौँ आएकी हुन्। योसँगै लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गर्ने र नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्मारबाट पर्यटक आगमन बढाउन म्यान्मारले सहयोग गर्ने समझदारी भएको छ। 

 

प्रकाशित: १४ मंसिर २०७५ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App