अर्थ

मुक्तिनाथ विकास बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं – मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ मन्दिर क्षेत्रभित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधारका लागि पाँच लाख सहयोग गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्ताङको उक्त गुम्बालाई आर्थिक सहयोग गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्ति क्षेत्र विकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङका प्रमुख लामा बाङग्याल लामालाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७५ ०४:२६ सोमबार

मुक्तिनाथ_विकास_बैंक