काठमाडौं–नेपालका विमान कम्पनीले थाइल्याण्डका सबै विमानस्थलमा उडान–अवतरण गर्न पाउने भएका छन्। नेपाल थाइल्याण्डबीचको हवाईसेवालाई थप विस्तारित गर्ने गरी आज ४७ वर्ष पुरानो संझौता पुनरावलोकनको समझदारीपत्रमा हस्ताक्षर भएको हो।
थाई विमान कम्पनीले कुनै पनि खालका विमान नेपालका कुनै पनि विमानस्थलमा सातामा २८ वटासम्म उडान गर्न पाउने छन्। त्यस्तै नेपालले पनि थाईल्याण्डका कुनै पनि विमानस्थलमा सातामा २८ उडान गर्न पाउनेछन्। कार्गो उडानका लागि भने कुनै सिमा तोकिएको छैन।
समझदारीअनुसार थाई विमान कम्पनीले कुनै पनि खालका विमान नेपालका कुनै पनि विमानस्थलमा सातामा २८ वटासम्म उडान गर्न पाउने छन्। त्यस्तै नेपालले पनि थाईल्याण्डका कुनै पनि विमानस्थलमा सातामा २८ उडान गर्न पाउनेछन्। कार्गो उडानका लागि भने कुनै सिमा तोकिएको छैन।
अहिले थाइल्यान्डका थाई एयरवेज र थाईलायन एयरलान्सले नेपालमा उडान गरिरहेका छन् भने नेपालबाट नेपाल एयरलाइन्सले मात्र उडान भर्दै आएको छ।
यो समझदारीले थाइल्याण्डका बौदमार्गी पर्यटक लुम्बिनी आउन सिधै भैरहवा विमानस्थलमा आउन सक्ने भएकाले थाई पर्यटक आगमन बढने देखिएको छ। थाइ विमान कम्पनीका लागि व्यवसायिक हिसावले भैरहवा उडान आकर्षक गन्तब्य बन्नेछ।
पुनरावलोकन समझदारी पत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाई नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकमानोयले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार दुवै पक्षले तेस्रो पक्षको मुलुकसँग सम्झौता गरी तेस्रो देशको कोड साझेदारीमा पनि उडान प्रबन्ध मिलाउन सक्ने छन्। नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको द्विपक्षीय समझदारीले थाइल्यान्डबाट धेरै बौद्धमार्गीहरु नेपाल ल्याउन सहयोग पुग्नेछ।
प्रकाशित: १६ कार्तिक २०७५ ०७:४० शुक्रबार