अर्थ

महालक्ष्मी विकास बैंकको चिप प्रणालीमा आधारित भिजा डेबिट कार्ड

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले चिप प्रणालीमा आधारित इभिएम महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ। कार्डसम्बन्धी कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चिप प्रणालीमा आधारित भिजा डेबिट कार्ड सञ्चालनमा ल्याइएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

यसअघि बैंकले ग्राहकलाई पारम्परिक म्याग्नेटिक स्ट्रिप प्रविधिका भिजा डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो । चिपमा आधारित कार्ड विश्वस्तरीय रहेको र यसको प्रयोग गर्नाले सम्भावित जोखिम धेरै न्यून गर्न सकिने भएकाले चिप प्रणालीमा आधारित कार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

बैंकले आगामी दिनमा ग्राहकसँग रहेका सम्पूर्ण म्याग्नेटिक स्ट्रिप प्रविधिका भिजा डेबिट कार्डलाई चिप प्रणालीमा आधारित इभिएम महालक्ष्मी भिजा डेबिट कार्डले प्रतिस्थापन गर्ने योजना बनाएको छ।

यसबाहेक बैंकले निकट भविष्यमा संसारको जुनसुकै ठाउँबाट सुरक्षित बैंकिङ कारोबार गर्न सकिने चिप प्रणालीमा नै आधारित डलर डेबिट कार्ड सञ्चालनमा ल्याउने जनाएको छ। यस्ता उपकरणमार्फत प्रदान गरिने बैंकिङ सेवा–सुविधा अझ प्रभावकारी हुने बैंकले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०७५ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App