अर्थ

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

काठमाडौं – आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौता भएको छ।

सम्झौतामा मेगा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलका प्रमुख सञ्चालक अधिकृत डेनियल डी श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार मेगा  बैंक ‘आइएमई डिजिटल’को बैंकिङ साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीले चाँडै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवा प्राप्त गर्न सक्नेछन्। साथै, मेगा बैंकका सेवाग्राहीले ‘आइएमई पे’मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: १६ कार्तिक २०७५ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App