अर्थ

मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा

काठमाडौं – मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ ग्राहक सदस्यको मृत्यु भएकाको कर्जा मिनाहा तथा नगद फिर्ता गरेको छ।

क्षेत्रीय कार्यालय पोखराका प्रबन्धक बाबुराम ढकाल र स्थानीय समाजसेवीको सहभागितामा उक्त नगद फिर्ता गरेको बैंकले जनाएको छ।

कार्यक्रममा स्वर्गीय हेमन्ती गुरुङका छोरा सन्दीप गुरुङलाई राहत रकम हस्तान्तरण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । पोखरा–१७, हनुमानटोलका स्वर्गीय गुरुङले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय छोरेपाटनको साना तथा लघु बैंकिङ डेस्कबाट सामूहिक जमानीमा एक लाख रुपैयाँ बिना धितो कर्जा लगेकी थिइन्।

यसैगरी, देउराली–९, कास्कीका स्वर्गीय नेत्रहरि क्षेत्रीले लगेको एक लाख ३० हजार कर्जामध्ये ७६ हजार आठ सय ८८ रुपैयाँ मिनाहा गरेको र तिरिसकेको साँवा, ब्याज र किरिया खर्चसहितको ६७ हजार ६ सय ८२ उनी मृतककी पत्नीलाई नगदै प्रदान गरिएको बैंकले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७५ ०४:२७ बुधबार

मुक्तिनाथ_बैंक ग्राहक कर्जा_मिनाहा