काठमाडौं – सिद्धार्थ बैंक र टिच फर नेपालबीच समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउन सहकार्य गर्ने भएको छ।
सिद्धार्थ बैंकले सिएसआर अन्तर्गत ग्रामीण जिल्लाका सार्वजनिक स्कुलमा गुणस्तरीय शिक्षा प्रदान गर्न टिच फर नेपाललाई पाँच लाख सहयोग गरेको हो।
यस अभियानबाट देशका विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयका बालबालिकालाई दुई वर्षको लागि स्वयंसेवी शिक्षकको माध्यमबाट गणित, विज्ञान र अंग्रेजी विषयमा प्रशिक्षण दिने बैंकले जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०७५ ०४:२३ बुधबार