अर्थ

नेपाल बंगलादेश बैंकको उपहार योजना

काठमाडाैं – नेपाल बंगलादेश बैंकले ग्राहकको लागि सगौरव बचत खाताअन्तर्गत दसंै शुभकामना योजना ल्याएको छ। यो योजनामा आवद्ध हुने ग्राहकले आफ्नो खातामा एक लाख वा सोभन्दा बढी निक्षेप गरी २५ ग्रामको चाँदीको सिक्का पाउन सक्नेछन्।

यो योजना अन्तर्गत ग्राहकले अन्य सेवा जस्तै : निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क इन्टरनेट बैंकिङ, निःशुल्क मोबाइल बंैकिङ÷एसएमएस अलर्ट, निःशुल्क डिम्याट खाता,  निःशुल्क आस्बा र सी आस्बा सुविधा र एक वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुटको व्यवस्था गरेको बैंकले जनाएको छ।

प्रकाशित: २८ आश्विन २०७५ ०५:५२ आइतबार

नेपाल_बंगलादेश_बैंक