अर्थ

एनआइसी एसियाका दुई शाखा थपिए

काठमाडौं – एनआइसी एसिया बैंकले बाँकेमा थप दुईवटा शाखा खोलेको छ । बैंकले नेपालगन्ज उप–महानगरपालिका, वडा नम्बर ८, त्रिभुवन चोक र बैजनाथ गाउँपालिका, वडा नम्बर ६, सम्झना चोकमा बुधबार शाखा खोलेको हो।

त्रिभुवन चोक शाखा बैंक सञ्चालक राजेन्दप्रसाद अर्याल र सम्झना चोक शाखा नेपाल राष्ट्र बैक, नेपालगन्जका निर्देशक बिमलराज खनालले उद्घाटन गरेको बैंकले जनाएको छ।

योसँगै एनआइसी एसियाको शाखा संख्या २६१ पुगेको छ । बैंकले यसलाई आम जनमानसको विश्वास, स्नेह र बैंकप्रतिको भरोसा भनेको छ।

बैंकले शाखा कार्यालयका अतिरिक्त २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउन्टर र १८ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा दिइरहेको छ । शाखा र एटिएम सञ्जालको हिसाबले एनआइसी एसिया मुलुककै सबैभन्दा ठूलो बैंक हो।

बैंकको वासलातको आकार १९९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६४ अर्ब र कर्जा १३८ अर्ब पुगेको छ । निक्षेप र कर्जाको हिसाबले एनआइसी निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक हो।

एनआइसी एसियाले १२ लाख १९ हजार ग्राहकलाई सेवा दिइरहेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ आश्विन २०७५ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App