काठमाडौं – मनाङ र लोमान्थाङको सफल साहसिक यात्रापछि महिन्द्राले इम्याजिन नेपालले अर्को साहसिक यात्रा सुरू गर्ने भएको छ।
सन २०१८ मा इम्याजिन नेपालको सबैभन्दा महत्वपूर्ण रारा गन्तव्य हो।
इम्याजिन नेपालमार्फत् यसै वर्ष महिन्द्रा एडभेन्चर पनि नेपालको बजारमा प्रवेश गरेको छ। यसले नेपालका साहसिक यात्राका पारखीलाई साहसिक यात्राको उत्कर्षमा पुग्न सघाउने कम्पनीले जनाएको छ।
महिन्द्राले विगतमा झैं यस वर्षभरि नै विभिन्न साहसिक क्रियाकलाप आयोजना गर्ने जनाएको छ। कम्पनीका अनुसार यसको अग्रपंक्तिमा इम्याजिन नेपालसँगको सहकार्यमा आयोजना गरिने राराको साहसिक यात्रा हुनेछ । अग्नि समूहले सबै महिन्द्रा एडभेन्चर अन्तर्गतका पहलहरूको नेतृत्व गर्नेछ।
महेन्द्र एडभेन्चरको प्रवेशले २०७५ लाई कर्णाली भ्रमण अभियानको रूपमा मनाउने नेपाल पर्यटन बोर्डको उद्घोषलाई थप ऊर्जा दिने जारी विज्ञप्तिमा छ।
प्रकाशित: २५ आश्विन २०७५ ०६:१३ बिहीबार