काठमाडौं – मुक्तिनाथ विकास बैंकले झापाको बिर्तामोड र सुनसरीको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ। बिर्तामोड शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका मेयर धुर्वकुमार सिवाकोटी र धरान शाखाको उद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाहले गरेको जारी विज्ञप्तिमा उल्लेख छ । मुक्तिनाथले ९५ शाखा र १७ एटिएमबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २४ आश्विन २०७५ ०४:०९ बुधबार