अर्थ

युगान्तरको साधारण सभा

काठमाडौं – युगान्तर बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा भएको छ । काठमाडौंका प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरको उपस्थितिमा साधरणसभा भएको हो। 

सहकारी सञ्चालक समितिका अध्यक्ष उदयमान डंगोलले  आब २०७४/०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेको जारी विज्ञप्तिमा उल्लेख छ। 

सो सभामा लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षक नियुक्ति तथा परिश्रमिक, लेखा समितिको प्रतिवेदन, सेयर सदस्यलाई १० प्रतिशत लाभांश वितरण, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरेको छ।

संस्थामा हाल रहेको सेयर पूँजी ७६ लाख ७० हजारलाई बढाएर करोड पु-याउने लक्ष्यसहित निक्षेप संकलन र लगानी, ब्याज दर परिवर्तन आदि लगायत अन्य भावी योजना सभामा प्रस्तुत गरिएको थियो।

 

प्रकाशित: १८ आश्विन २०७५ ०५:३४ बिहीबार

युगान्तर_सहकारी