अर्थ

मुक्तिनाथ बैंकका शाखा थपिए

काठमाडौं – मुक्तिनाथ विकास बैंकले सिराहाको लहान, गोलबजार र मिर्चैया तथा सर्लाहीको लालबन्दीमा गरी चार नयाँ शाखा विस्तार गरेको छ।

सिराहा उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार महतोले लहान, गोलबजार नगरपालिकाका मेयर बेदनाथ शाहले गोलबजार र मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले मिर्चैया शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ। लालबन्दी शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले गरेको जारी विज्ञप्तिमा उल्लेख छ। 

अब बैंकको शाखा ९५ पुगेको छ। यसबाहेक बैंकले १७ वटा एटिएमबाट बैंकिङ सेवा दिइरहेको छ।

 

प्रकाशित: १४ आश्विन २०७५ ०५:५३ आइतबार

मुक्तिनाथ_विकास_बैंक