अर्थ

कञ्चनपुरमा नेपाल बंगलादेश बैंक

काठमाडौं – नेपाल बंगलादेश बैंक लिमिटेडले कञ्चनपुरमा ७७औं शाखा  खोलेको छ। बैंकले कञ्चनपुरको चानदेवमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

लालझडी गाँउपालिकाका अध्यक्ष मदनसेव बदायकले उक्त शाखा उद्घाटन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा दिन शाखा विस्तार गरेको जनाएको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०६:०१ मंगलबार

नेपाल_बंगलादेश_बैंक