अर्थ

नेप्से परिसूचक घटेपनि कारोबार बृद्धि जारी

काठमाडौं– साताभर बढदो गतिमै रहेको नेपालस्टक एक्सचेन्ज परिसूचक कारोबारकोअन्तिम दिन आज बिहिबार ४.३६ अंकले घटेर १२ सय २९ अंकमा पुगेर बन्द भएको छ। यद्दपी कुल कारोबार रकमको बृद्धि भने जारी छ।

हिजो ७० करोड रुपैयाँको कारोबार भएकोमा आज ७९ करोड ७३ लाख १९ हजार ७१९ रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज परिसूचकमा तीव्र उतारचढाव देखिएको थियो। कारोबार सूरु भएदेखि ११ अंकसम्मले बढेको नेप्से पुनः ओरालो लागेको थियो। मध्यसमय तिर ९ अंको बृद्दि कायम गरी बन्दहुने समयमा घट्न पुगेको थियो। 

आज नेप्सेमा १ सय ७४ कम्पनीका ८ हजार ५ सय ८५ कारोबारबाट ३२ लाख २८ हजार ५ सय ६९ कित्ता सेयर खरिद बिक्री भएका थिए। समूहगत कारोबारतर्फ ३ समूहको वृद्धि तथा ८ समूहमा गिरावट देखिएको छ।  अन्यसमूह १४.०५, उत्पादनमूलक २०.४१ र व्यापार ३.७६ अङ्कले सुधार आएको छ । घट्नेमा सबैभन्दा बढी निर्जीवन बिमा ८४.७, जीवन बिमा ३८.८२, जलविद्युत् १५.९६, विकास बैंक १५.९ अंकले घटेका छन् ।

आज सबैभन्दा धेरै  एनएमबि बैंकको १० करोड ३४ लाख ४४ हजार १५४ रुपैयाँका शेयर कारोबार भयो। प्रतिकित्ता शेयर मूल्यमा गुमाउनेमा राष्ट्रिय बिमा कम्पनीका प्रवर्दक शेयर २०५ र साधारण शेयर २०० रुपैयाँले घटेका छन्। युनिलिभरको शेयर भने ६६६ रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

 

प्रकाशित: २१ भाद्र २०७५ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App