अर्थ

लक्ष्मी बैंक र के–ल्याबबीच सम्झौता

काठमाडौं – लक्ष्मी बैंक र क्राउन लेब्रोटरी एन्ड रिफरल सेन्टर (के–ल्याब) बीच मुलुकभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र के–ल्याबका कान्ति थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका ग्राहक र  कर्मचारीले के–ल्याबले प्रदान गर्ने विभिन्न सुविधामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको हाल ४६ जिल्लामा ९० वटा शाखा, तीनवटा अस्पताल काउन्टर, एक सय ६ एटिएम, २५ सय रेमिटेन्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ एजेन्ट रहेको बैंकले जनाएको छ।
 

प्रकाशित: २१ भाद्र २०७५ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App