अर्थ

करिब १० अंकले बढ्यो नेप्से

काठमाडौ– साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से परिसूचक ९.३९ अंकले बढेर ११सय८१.६९ कायम भएको छ। होटलबाहेक बाँकी सबैसमूहका सूचकहरु सकारात्मक बन्दा समग्र परिसूचक करिब दोहोरो अंकले बढ्न पुगेको हो।

आजको कारोबारमा सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ६२.४६अंकले बढेको छ भने जीवन बिमा समूहमा २६.२१ अंकले बढेको छ। मूख्य समूह बैंकिङ समूह ९.११ अंकले बढेको छ। होटल समूह भने २.३१ अंकले घटेको छ।

१६७ कम्पनीका ७ लाख ६ हजार २११ कित्ता शेयर खरिदबिक्री हुँदा २१ करोड ४७ लाख ७८ हजार ८०४रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै एनआईसी एसियाका २ करोड ९ लाख ५४ हजार ५३४ रुपैयाँको कारोबार भयो।

नेपाल लाईफ इन्योरेन्सको १ करोड ६६लाख रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

 

प्रकाशित: १४ भाद्र २०७५ १३:०३ बिहीबार

नेप्से बढ्यो