अर्थ

नेप्सेमा ४.७९ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४.७९ अंकले घटेर ११ सय ७२.३० कायम भएको छ। सेन्सेटिभसहित सबै समूहगत सूचक नकारात्मक रहेपछि समग्र परिसूचक नै ओरालो लागेको हो।

समूहगत परिसूचकमा सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ३८.१८ अंकले घटेको छ भने निर्जीवन बिमा समूह २८.४ अंकले ओरालो लागेको छ। उत्पादन मूलक समूह १७.०६ अंकले घटेको छ।

आज १६३ कम्पनीका ४ लाख १२ हजार ४३३ कित्ता शेयर खरिदबिक्री भई १९ करोड २१ लाख ५६ हजार ३२६ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सबैभन्दा धेरै बोटलर्स नेपालका लगानीकर्ताले प्रतिकित्ता २३३ रुपैयाँ गुमाए भने किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ६१ रुपैयाँ गुमाए।

कमाउनेमा राष्ट्रिय बिमा कम्पनीको प्रवर्दक शेयर ९० रुपैयाँले बढेको छ भने एनएमबी माईक्रोफाइनान्सको प्रतिकित्ता शेयर मुल्य ५७ रुपैयाँले बढेको छ।
आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकका १ करोड ३२ लाख २ हजार ८९० रुपैयाँको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।   

 

प्रकाशित: १३ भाद्र २०७५ १०:२३ बुधबार

नेप्से गिरावट