अर्थ

प्रभु इन्स्योरेन्स–ओम हस्पिटल सम्झौता

काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच नगदरहित (क्यासलेस) सेवा सम्झौता भएको छ। सम्झौतापत्रमा प्रभुका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा ओमका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बिमा गराउने ग्राहकले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा औषधोपचार गराउँदा साथमा नगद नभए पनि बिमालेखको सीमासम्म क्यासलेस सेवा पाउने छन्।

प्रकाशित: ३१ श्रावण २०७५ ०४:३८ बिहीबार

#प्रभु इन्स्योरेन्स #ओम हस्पिटल #सेवा सम्झौता