अर्थ

परिसूचक र कारोबार रकम दुबैमा उच्च बृद्धि

बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा उच्च बृद्धि देखिएको छ। परिसूचक २८.७३ अंकले बढेर १२ सय ९.७३ अंकमा पुगेको छ, जुन २.४३ प्रतिशतको बृद्दि हो। 

निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा सुधार आउने संकेत देखिएको छ। यो साता आइतबार १६ अंकले घटेको नेप्से परिसूचक सोमबार १० र मंगलबार ६ अंकले बढेको थियो।

परिसूचकसंगै कूल कारोबार रकममा पनि उच्च बृद्वि आएको छ। कुल १० लाख ६८ हजार कित्ता शेयरहरु ३६ करोड १ लाख ६३ हजार रुपैयाँमा खरिद विक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ।

यो कारोबार मंगलबारको तुलनामा दोब्बर हो। सबै परिसूचक हरियो रहेको आजको कारोबारमा निर्जीवन बिमा समूहको सबैभन्दा धेरै २०५ अंकको बृद्धि भएको छ भने बिमा समूह १२९.८२ अंकले बढेको छ।

विकास बैंक समूह ३६.८१ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूहमा २४.८६ अंकको बृद्धि देखिएको छ।
बुधबार सबैभन्दा धेरै नबिल बैंकको १ करोड ६८ लाख रुपैयाँका शेयर खरिद बिक्री भएका छन् भने प्राइम कमर्शियल बैंकका १ करोड ६० लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

आज सबैभन्दा धेरै कमाउनेमा राष्ट्रिय बिमा कम्पनीका सर्वसाधारण लगानीकर्ताले प्रतिकित्ता ४२० रुपैयाँ कमाएका छन् भने प्रवद्र्धक शेयरको प्रतिकित्ता मुल्य १५० रुपैयाँले बढेको छ। आज ओमी माइक्रोफाइनान्सका प्रतिकित्ता शेयरमूल्य १२७ रुपैयाँले घटेको छ। 

 

 

प्रकाशित: ३० श्रावण २०७५ ०९:३८ बुधबार

नेप्से_परिसूचक उछाल