अर्थ

नेप्सेमा ६ अंकको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार ६.६१ अंकले बढेर ११सय ८०.९८मा पुगेको छ। सोमबार करिब १० अंकले बढेको थियो।

आज १६० कम्पनीका ७ लाख ३२ हजार ७२५ कित्ता शेयरहरु खरिदबिक्री हुँदा १८ करोड ९५ लाख ८६ हजार रुपैयाँको कुल कारोबार भएको छ।

समूहगत कारोबारमा होटल र अन्य समूहबाहेक सबै समूह सूचक सकारात्मक छन्। निर्जीवन बिमाको सूचक ५०.०१ अंकले बढेको छ भने विकास बैंक समूहमा १४.८८ अंकको सुधार देखिएको छ। घटेको होटल समूहको सूचकमा ३.३९ अंकको गिरावट आएको छ।

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको ८५ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ। भने नेपाल लाइफ इन्स्योरेन्सको ८० लाख १५ हजार रुपैयाँको शेयर किनबेच भएको छ।

धेरै कमाउनेमा राष्ट्रिय बिमा कम्पनीका साधारण शेयरधनीले प्रतिकित्ता ३०० रुपैयाँ र संस्थापकले १५० रुपैयाँ कमाएका छन्। युनिलिभरका शेयरधनीले भने प्रतिकित्ता ४६६ रुपैयाँ गुमाएका छन्।  
 

 

प्रकाशित: २९ श्रावण २०७५ ०९:५८ मंगलबार

नेप्से सुधार