अर्थ

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा


काठमाडौं – यो साता नेपालस्टक एक्सचेन्ज (नेप्से)मा सवैभन्दा धेरै शेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ। उक्त बैंकको ६ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरका ३ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। एनएमबी बैंकको ५ अर्व ८० करोड रुपैयाँको कारोबार भएको छ।


नेप्से परिसूचक भने पहिलो दिनको तुलनामा ३.५१ अंकले घटेर अन्तिम दिन ११ सय ९१.३१ अंकमा पुगेको छ। साताभर भएका १८१ कम्पनीहरुको कारोबारबाट १ अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कारोबार रकम गत साताको भन्दा १.९४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीका  १ अर्ब ५करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरका ३९ लाख ४५ हजार ७६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.४० अंकले घटेर २५१.१५ अंकमा आईपुगेको नेप्सेले जनाएको छ।


   

प्रकाशित: १८ श्रावण २०७५ ०८:४५ शुक्रबार

साताभरमा नेप्से परिसूचक साढे अंकले घट्यो माछापुच्छ्रेको कारोबार अग्रस्थानमा