अर्थ

सिटिजन्स–नेपाल क्यान्सर रिसर्च सेन्टर समझदारी

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

अस्पतालमा आयोजित उक्त समारोहमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष  सुदिप श्रेष्ठले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।अब सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।सिटिजन्सले ७८ शाखा, ७० एटिएम र ९९ शाखारहित बैंकिङ एकाइबाट सेवा दिइरहेको छ ।

प्रकाशित: १७ श्रावण २०७५ ०१:३७ बिहीबार

सिटिजन्स–नेपाल क्यान्सर रिसर्च सेन्टर समझदारी