अर्थ

नेप्से समान्य घट्यो, कारोबार रकममा वृद्धि

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य घटपनि कारोबार रकममा भने वृद्धि देखिएको छ। माछापुच्छ्रे बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसीबी) र जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को शेयरमा लगानीकर्ताको आकर्षण उच्च हुँदा कुल कारोबार रकम बढेको हो।

नेप्से परिसूचक ० दशमलव ४४ अंकले घटेर ११ सय ९४ दशमलव ३८ अंक कायम भएको छ। आईतबार १८ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएकामा आज २९ करोड ६१ लाख ५६ हजार रुपैयाँको शेयर कारोबार भएको छ। एनसीसी बैंकको ५० प्रतिशत हकप्रद शेयर अन्तिम दिन र एचआईडीसीएलले शतप्रतिशत हकप्रद दिने सूचना सार्वजनिक भएपछि उनीहरुको कारोबार उच्च भएको देखिएको छ। माछापुच्छ्रेको ६ करोड ३४ लाख ७२ लाख रुपैयाँको कारोबार भएको छ भने, एनसीसीबीको ३ करोड १५ लाख र एचआईडीसीएलको १ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको देखिन्छ।

समूहगत परिसूचकतर्फ बैंकिङको ० दशमवलव ७९ विकास बैंकको ० दशमलव २२ वित्तको ४ दशमलव १८ र उत्पादनमूलकको ४ दशमलव ६६ अंकको बृद्दि भएको छ। जीवन बिमा समूहको सूचक सबैभन्दाधेरै २० दशमलव ५१ अंकले र निर्जिवन बिमाको १४ दशमलव ७२ अंकले घटेका छन्। 'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने सामान्य सकारात्मक रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।   

प्रकाशित: १४ श्रावण २०७५ १०:०४ सोमबार

नेप्से समान्य घट्यो कारोबार रकममा वृद्धि