अर्थ

पाँच अंकले घट्यो नेप्से

काठमाडौं – दुई दिन बढ्दो क्रममा रहेको नेप्से परिसूचक बुधबार ४ दशमलव ९२ अंकले कमी आएर ११ सय ९४ दशमलव ३५ कायम भएको छ।

कारोबार रकम पनि १६ करोड ६१ लाख ६७ लाख रुपैयाँमा सिमित भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। समूहगत परिसूचक पनि जलविद्युत् र उत्पादनमूलक समूहका परिसूचकबाहेक सबै ऋणात्मक रहेका छन्।

सबैभन्दा धेरै निर्जीवन बिमा समूहको ८० दशमलव २२ अंकले र जीवन बिमा २८ दशमलव ०७ अंकले घटेका छन्।  बुधबार सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्स बैंकको १ करोड ९ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

बुधबारको कारोबारमा राष्ट्रिय बिमा संस्थानको शेयर धनीले प्रतिकित्ता २१० रुपैयाँ गुमाएका छन् भने सपोर्ट माइक्रो फाइनान्सको शेयर मुल्य ८३ रुपैयाँले बढेको छ।

प्रकाशित: ९ श्रावण २०७५ १०:४५ बुधबार

अंकले घट्यो नेप्से