अर्थ

११ अंकले घट्यो नेप्से

काठमाडौं– अधिकांश कम्पनीहरूको शेयर मूल्यमा आएको गिरावटले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ११ दशमलव ७३ अंकले कमी आएर ११ सय ८१ दशमलव ६६ मा ओर्लिएको छ। कारोबार सुरु भएदेखि बन्द हुँदासम्म नेप्से निरन्तर नकारात्मक रह्योे। 

फाइनान्स बाहेक सबै समूहका परिसूचकमा उच्च गिरावट आउँदा नेप्से दोहोरो अंकले घटेको हो। सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीहरूको शेयर मूल्य घटेको छ, जसलाई जीवन बिमा समूहले पच्छाउँदै गयो। निर्जीवन बिमा समूह ११० अंकले घटेको छ। जीवन बिमा समूह ७० दशमलव २८ अंकले खस्किएको छ। प्रमुख समूह बैंकिङको परिसूचक ७ दशमलव ६६ अंकले ऋणात्मक हुन पुग्यो। फाइनान्स समूह भने २ दशमलव ९९ अंकले बढेको छ। 

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक २ दशमलव ५६ अंकले घटेको छ।

१६३ कम्पनीका ६ लाख ६१ हजार २६१ कित्ता शेयर खरिद बिक्री भएर २१ करोड १२ लाख १३ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्श बैंकको १० करोड ४२ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ।

प्रकाशित: ६ श्रावण २०७५ १०:१४ आइतबार

११ अंकले घट्यो नेप्से