अर्थ

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

काठमाडौं– नयाँ आर्थिक वर्ष सुरु भएसंगै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीवार पनि गिरावट आएको छ। परिसूचक ५ दशमलव ३८ अंकले घटेर ११ सय ९३ दशमलव ३९ कायम भएको छ।

बुधबार १७ करोडको शेयर कारोबार भएकोमा आज भने ५६ करोड १२ लाख ८१ हजार रुपैयाँको शेयर खरिद विक्री भएको छ। १९ लाख १८ हजार ६ सय ४८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

क वर्गका कम्पनीहरूको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि नकारात्मक छ। समूहगत परिसूचकमध्ये होटल समूहको १४ दशमलव ६१अंकले बढेको छ भने उत्पादनमूलक समूहको पनि सामान्य बृद्धि भएको छ।

बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन्। सवैभन्दा धेरै निर्जीवन बिमा समूहको ८० दशमलव ८२ अंकले गिरावट आएको छ। लघुवित्त समूहको १ दशमलव ०३ प्रतिशतले घटेको छ।

प्रकाशित: ३ श्रावण २०७५ ११:५३ बिहीबार

ओरालो लाग्न रोकिएन नेप्से अंकले घट्यो परिसूचक