अर्थ

सर्वोच्चबाट पुनर्बहाली भएपनि नेप्सेका प्रमुख साउदले हाजिर हुन पाएनन्

काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुरानै जिम्मेवारीमा फर्कन लागेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ। नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले उनलाई कार्यालय नआउन सूचित गरेको बताइएको छ। 

वर्तमान मन्त्रिपरिषद्ले पूर्ववर्ती देउवा सरकारले गरेका राजनीतिक नियुक्ति निर्वाचन आचारसंहिता विपरित भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो। त्यसमा साउद त्यसविरुद्ध रिट दायर गरेका साउदलाई कामबाट नहटाउन सर्बोच्चले अन्तरिम आदेश जारी गरेको थियो। 

साउदको नियुक्ति खारेज गरिएपछि अर्थ मन्त्रालयले उपसचिव रमेश अर्याललाई नेप्सेको प्रमुख कार्यकारीमा नियुक्त गरेको थियो। दुई जना प्रमुख कार्यकारी भएपछि समस्या आएको नेप्से सञ्चालक समितिका अध्यक्ष न्यौपानेले जानकारी दिए। विवादबारे समाधान निकाल्न नेप्सेका अध्यक्ष न्यौपाने अर्थमन्त्रालय पुगेका छन्। ‘आजै हामी समाधान निकाल्छौ’, उनले भने।

प्रकाशित: २ श्रावण २०७५ ०९:३० बुधबार

सर्वोच्चबाट पुनर्बहाली नेप्सेका प्रमुख साउदले हाजिर हुन पाएनन्