अर्थ

नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौं– शेयर कारोबारमा सोमवार दोहोरो अंकको सुधार देखिएको छ। बजार खुल्दा १२ सय दशमलव ९ विन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को शेयर परिसूचक कारोबार बन्द हुँदा १२ दशमलव २७ अंकले बढेर १२ सय १२ दशमलब ३६ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कारोवार सुरु भएको करिब १ घण्टा सम्म सामान्य सकारात्मक देखिएको बजार त्यसपछिको १ घण्टा भने घट्टो क्रममा गयो। तर २ बजेपछि भने शेयर बजार तीब्र गतिले उकालो लाग्यो ।  सोमबारको कारोबारमा  १० मध्ये ९ समूहका परिसूचक बढेका छन् । उत्पादनमूलक समूह भने २ दशमलब ६७ अंकले घटेको छ । सबैभन्दा धेरै  बिमा समूहको सूचक १४७ दशमलब ०२ अंकले बढेको छ। जलविद्युत् समूहको सूचकमा ५० दशमलब २३ अंकको सुधार देखिएको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३९ अंकले बढेको छ।

प्रतिशेयर मूल्यमा सबैभन्दा धेरै बोटलर्स नेपाल(तराई) को २ सय ७२ रुपैयाँ बढेको छ भने राष्ट्रिय बिमा संस्थानको संस्थापक शेयरमा ३ सय ३७ रुपैयाँ घटेको छ । सोमबार ११ लाख ७६ हजार ५ सय ९२ कित्ता शेयर खरिदविक्री हुँदा ३१ करोड ८५ लाख ८२ हजार ९ सय ३८ रुपैयाँका शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित: ३२ असार २०७५ ११:२६ सोमबार

नेप्सेमा दोहोरो अंकको सुधार