अर्थ

निगमले काठमाडौं-दुबई दैनिक उडान गर्ने

युएई - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले (नेवानि) काठमाडौं- दुबई दैनिक उडान गर्ने भएको छ। चार वर्ष पछि २०१६ अगष्ट १८ बाट युएईका लागि पहिलो उडान सुरु गरेको नेवानिले काठमाडौं -दुबई दैनिक उडान अगस्ट १ तारिकबाट सुरु गर्ने भएको हो।

 नेवानिले हप्तामा चार दिन युएईको दुबईबाट आईतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्दै आएको छ। धेरै मेहनत र प्रयास पछि नेवानीले दैनिक उडान गर्न लागेको निगमका कन्ट्री म्यानेजर रमेश पौडेलले बताए।

नेवानीले दैनिक उडान गर्ने भएपछि अबुधाबीको एलेक्टा र मुसफाबाट दुबई अन्तराष्ट्रिय टर्मिनल -२ मा आउन र जान दैनिक बस सेवा समेत सुचारू गर्ने भएको छ। युएईको अबुधाबिबाट नेवानिको टिकट लिने ग्राहकले टिकट लिदा नै बसमा जाने नजाने जानकारी दिनु पर्ने पर्ने पौडेलले बताए।

प्रकाशित: २३ असार २०७५ ०८:३४ शनिबार

निगमले काठमाडौं-दुबई दैनिक उडान गर्ने