अर्थ

नेप्से परिसूचक ३६ अंकले बढ्यो

काठमाडौं– नेप्से सूचक बिहीबार ३६.०१ बिन्दुले बढेको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार साताको अन्तिम कारोबारको दिन उच्च अंकले बढेको हो ।
 
१२ सय अंकभन्दा तल ओर्लिएको नेप्से पुनः उकालो लागेर १२२४.४१ मा पुगेको छ । बिहीबार एक सय ६८ कम्पनीको सेयर किनबेच भएको छ । यस दिन ४६ करोड ७२ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १२ लाख १३ हजार ६ सय ७४ कित्ता सेयर खरिद–बिक्री भएका छन् ।उत्पादनमूलक समूह सेयर घटेको छ ।  व्यापारिक समूहमा कुनै परिवर्तन आएको छैन । ती दुई समूहबाहेक अरु सबै समूहको सूचक बढेको छ । बिमा समूह सबैभन्दा धेरै ३२२.४३ बिन्दुले बढेको छ । वाणिज्य बैंक समूहको पनि २६.७७ बिन्दुले बढेको छ ।

नेसनल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रकमको कारोबार भएको छ । नेसनल लाइफको तीन करोड ७५ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रोमा छिमेक लघुवित्तको दुई करोड २४ लाख रुपैयाँ र तेस्रो स्थानमा प्राइम बैंकको दुई करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित: २२ असार २०७५ ०१:५२ शुक्रबार

नेप्से परिसूचक ३६ अंकले बढ्यो