अर्थ

सातदोबाटोमा सेञ्चुरी बैंक

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले ललितपुरको सातदोबाटोमा शाखा खोलेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त शाखा उद्घाटन गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

उद्घाटन कार्यक्रममा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत  तुलसीराम गौतम, सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जन, प्रहरी निरीक्षक शिताराम हाछेथु लगायतको सहभागिता रहेको बैंकले जनाएको छ ।बैंकले उपत्यकामा १२ शाखा, पाँच एक्सटेन्सन काउन्टर र उपत्यकाबाहिर ८२ शाखामार्फत सेवा दिइरहेको छ । त्यस्तै तीनवटा एक्सटेन्सन काउन्टर र १० वटा शाखारहित बैंकिङ सेवा पनि सञ्चालनमा रहेको बैंकको भनाइ छ ।

प्रकाशित: ८ जेष्ठ २०७५ ०१:०० मंगलबार

सातदोबाटोमा सेञ्चुरी बैंक