अर्थ

इटहरीमा टाटा मोटर्सको कार मेला

काठमाडौं – इटहरीको ओसन पार्कमा टाटा मोटर्स कार मेला सिजन थ्री शुक्रबारबाट सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकल आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदी ट्रेडिङ वितरक ग्लोबल अटो ट्रेडर्सको संयुक्त आयोजनामा उक्त मेला सुरु भएको हो।

मेला आइतबारसम्म चल्ने कम्पनीले जनाएको छ । यस कार मेलामार्फत सकारात्मक प्रतिक्रिया पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस वर्षको टाटा कार मेलाका मुख्य आकर्षणमा टाटा प्यासेन्जर गाडीको बृहत् प्रदर्शनी, टेस्ट ड्राइभ, एक्सचेन्ज समेत छन् । यस्तै, अन द स्पट फाइनान्स सुविधा, वाटर स्लाइड, स्विमिङ पुल, रेन डान्स, वेभ पुल, नेल आर्ट, फेस पेन्टिङ, फोटोसुट, फुड स्टल लगायत विभिन्न सांगीतिक एवं मनोरञ्जनात्मक कार्यक्रम हुने कम्पनीले जनाएको छ।

साथै, मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्ष्य गरी तयार गरिएको टाटा नेक्सन कारको बृहत् प्रदर्शनी तथा टेस्ट ड्राइभ समेत गरिने विज्ञप्तिमा छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०३:४० आइतबार

इटहरीमा टाटा मोटर्सको कार मेला