अर्थ

ओखलढुंगाको मानेभञ्ज्याङमा मुक्तिनाथ बैंक

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले ओखलढुंगाको मानेभञ्ज्याङमा शाखा विस्तार गरेको छ। शुक्रबार मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले उक्त शाखा कार्यालयको उद्घाटन गरे। बैंकको यो ८०औं शाखा रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले ग्राहकको आवश्यकता र चाहना अनुरुपको वित्तीय सेवा तथा घरदैलो सेवा प्रदान गरिरहेको बताए। कृषिमा व्यावसायिक सुधार गर्दै ग्रामीण भेगका जनताको आर्थिक तथा समाजिक स्तर उकास्नका लागि बैंक हरपल तत्पर रहेको उनको भनाइ छ।

प्रकाशित: ३० वैशाख २०७५ ०३:५४ आइतबार

ओखलढुंगाको मानेभञ्ज्याङमा मुक्तिनाथ बैंक