अर्थ

प्राधिकरणमा महिन्द्राको इ२० कार

काठमाडौं – सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले महिन्द्राको विद्युतीय कार प्रयो गर्न थालेको छ। अग्नि इनर्जी प्रालिले प्राधिकरणका उपप्रबन्ध निर्देशक राजीव शर्मा र निर्देशक गोपालकुमार लोहियालाई महिन्द्राको ई२० प्लस पी८ मोडेलको गाडी हस्तान्तरण गरेको जनाएको छ। हरियाली तथा स्वच्छ भविष्यको लागि डिजेल र पेट्रोलबाट चल्ने गाडी प्रतिस्थापित गरी सरकारी क्षेत्रबाट महिन्द्रा विद्युतीय गाडीको प्रयोग गर्ने नेपाल विद्युत् प्राधिकरण पहिलो भएको छ।

महिन्द्राका विद्युतीय गाडीहरु गैरसरकारी संस्थाको विशेष रोजाइमा परेका। नेपालमा हालसम्म ४० भन्दा बढी इ२० गाडी गैरसरकारी संस्थाले प्रयोग गरिरहेका छन्।

भारतको विद्युतीय सवारी साधन निर्माता महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले नेपाली बजारमा विगत पाँच वर्षदेखि विद्युतीय कार बेच्दै आएको छ।

इ२० लाई एकपटक पूरा चार्ज गरेपछि एक ४० किलोमिटरसम्म ८५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०७५ ०५:०७ सोमबार

प्राधिकरणमा महिन्द्राको इ२० कार