अर्थ

पोखरामा स्वदेशी प्रशिक्षकबाटै स्काई डाइभ

<br>

पोखराको आकामा स्काई डाइभ गराउँदै। तस्बिरः नागरिक

नेपाली युवा आफैले स्काई डाइभ सुरु गरेका छन्। यसअघि विदेशी प्रशिक्षकले मात्र स्काई डाइभ गराउँदै आएकामा स्वदेशीले पनि सुरु गरेका छन्। विभिन्न मुलुकमा स्काई डाइभको अनुभव बटुलेका युवाले पोखरामा शुक्रबारदेखि फरक प्याकेज बनाएर पर्यटकलाई साहसिक अनुभव दिलाउन थालेका छन्।  

सिम्रिक एयर र इन स्काई डाइभ कम्पनी मिलेर पोखरामा शुक्रबारदेखि स्काई डाइभ थालेका छन्। जनवरी २१ सम्म पोखराको आकाशमा पर्यटकलाई स्काई डाइभ गराइने इन स्काई डाइभ कम्पनीका सञ्चालन तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए।

स्काइ डाइभिङका लागि कम्पनीले भिआइपी र डिलक्स गरी दुइवटा प्याकेज बनाएको थापाले बताए। भिआइपीको १ लाख १५ हजार रुपैयाँ र डिलक्सको ९५ हजार रुपैयाँ पर्ने उनले जानकारी दिए। विदेशीलाई भने ५ हजार अतिरिक्त शुल्क लाग्ने उनले बताए।

पोखरामा स्काई डाइभ गराउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको सिम्रिकका पश्चिमाञ्चल प्रमुख कमल गौतमले जानकारी दिए। ‘पोखरामा साहसिक पर्यटकका लागि नौलो प्रडक्ट हो। यसले पोखरामा भविश्यमा थप साहसिक पर्यटक भित्र्याउन सकिने अपेक्षा छ,’ गौतमले भने, ‘पोखरा यसैपनि साहसिक पर्यटनका हिसाबले आकर्षक गन्तव्य रहेकोमा नयाँ प्रडक्ट भित्रिँदा त्यसले थप पाहुना तान्ने छ।’

स्काई डाइभका लागि पोखराको पुरानो विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा–२३ लौरुकको आकाशमा १३ हजार फिट उचाईबाट डाइभ हुनेछ। हेलिकप्टरबाट डाइभ गरेका पर्यटकको लौरुकको फाँटमा उत्रिनेछन्। ‘पोखरा सहर, फेवाताल, हिमाली दृष्य अवलोकन गर्दै साहसिक अनुभव लिन पाउनेछन्,’ गौतमले भने। हाल केही समयका लागि मात्र यो प्याकेज संचालन गरेको भएपनि माग भएमा कम्पनीले नियमित रुपमा स्काई डाइभ गराउने योजना बनाएको पनि गौतमले बताए।  

प्रकाशित: २७ पुस २०८१ १६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App