अर्थ

नेपाली हाते कागजबाट मनग्य आम्दानी

तस्बिर : रासस

तेह्रथुम – पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन्।

स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन्। घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला राईले बताइन्।

घाम लागेको समयमा अरू दिनमा भन्दा बढी हाते कागज उत्पादन हुने गरेको छ। कागज बनाएरै मासिक २५ हजारदेखि ३० हजारसम्म आम्दानी हुने गरेको राईले बताइन्। उत्पादित हाते कागज २५ सम्ममा बिक्री हुन्छ।

जंगलमा पाइने अर्गेली (लोक्ता) को बोक्रा निकालेर पकाएपछि कागज बनाउन चाहिने पदार्थ तयार हुन्छ। लालीखर्कका पुरुष वैदेशिक रोजगारीमा रहेका र महिलाको रोजगारी भने हाते कागजमै रहेको छ।

मेची राजमार्गले छोएको लालीखर्कका अधिकांश महिलाको आम्दानीको स्रोत नेपाली हाते कागज बनेको छ। यस क्षेत्रका महिला दुई दशकदेखि कागज बनाउदै आएका छन्।  (रासस)

प्रकाशित: २८ चैत्र २०७४ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App