अर्थ

३१.३१ अंकले घट्यो नेप्से, ८ अर्बमाथि कारोबार

.

.

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ।

बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आजको कारोबारमा ३१.३१ अंकले गिरवाट आएको हो।

बिहीबारको कारोबारमा नेप्से परिसूचक ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा झरेको छ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.५३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ। नेप्से परिसूचक पछिल्लो समय निरन्तर रुपमा उदारचढाव भइरहेको छ।

बिहीबार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

बुधबार ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको थियो। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ।

नेप्से परिसूचका बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक २.८६ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी गिरावट आएको छ।

बिहीबार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, माहुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ तर यता जानकी फाइनान्सको शेयरमूल्य भने १० प्रतिशतले गिरावट आएको हो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स कम्पनीको २५ करोड २४ लाख रुपैयाँबराबरको शेयर खरिदविक्री भएको छ।

प्रकाशित: ६ मंसिर २०८१ १५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App