अर्थ

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ। योसँगै सोमवार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ कायम भएका महासङ्घले जनाएको छ।

यसअघि आइतवार सुन प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यले पनि सोमवार नयाँ रेकर्ड कायम गरेको छ। सोमवार चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले जनाएको छ।

यसअघि आइतवार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा सुनचाँदीको भाउ बढेको महासङ्घले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०८१ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App