अर्थ

कोशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएको छ।

आइतबार कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो।

प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा ओैद्योगिक वातावरण बनेको सन्देश दिन पहिलो पटक प्रदेशमा लगानी सम्मेलन गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रदेश लगानी प्राधिकरणले यसको आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ। प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न करिब ३ करोड बजेट छुट्याएको छ।

लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ। प्रदेशका सम्भावित आयोजनाको क्षेत्र पहिचान गरी ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघ र स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ। साथै प्रदेशले गर्नुपर्ने कानून संशोधन तत्कालै गर्ने तयारी सरकारको छ।

पिपिपी मोडेलको लगानी अवधारणालाई आत्मसात् गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले जानकारी दिए।

प्रकाशित: १४ आश्विन २०८१ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App