अर्थ

सुनकाे मूल्य एक लाख साठी हजार नजिक

सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सय रूपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि एक लाख ५९ हजार दुई सय रूपैयाँ निर्धारण भएको छ। शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै एक हजार सात सय रूपैयाँले वृद्धि भएको थियो।

यस्तै चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ। 

प्रकाशित: ७ आश्विन २०८१ ११:२९ सोमबार

# Gold price # Close to one hundred and sixty thousand # Set a new record