अर्थ

संसदमा अर्थमन्त्रीले भने : सत्य तितो हुन्छ

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले श्वेतपत्रमा मुलुकको अर्थतन्त्रबारे सत्य कुरा राख्न खोजिएको बताएका छन्। संसद बैठकमा बोल्दै उनले सत्य तितो हुने बताए। श्वेतपत्रमा कुनै पार्टी विशेषलाई लक्षित नगरिएको बताउँदै एउटा कालखण्डको समिक्षा गर्न खोजिएको प्रष्ट पारे।

कोषमा केही रकम हुँदैमा त्यसलाई सहजरुपमा लिन नहुने बताउँदै उनले सरकारको बजेटको अवस्थाबारे स्पष्ट हुन आग्रह गरे। ‘हाम्रा असिमित दायीत्वहरु ठूलो आँकडामा छन्,’ उनले भने,  ‘कोषमा भएको रकमलाई हेरेर मात्र हामी सहज आर्थिक अवस्थामा छौं भन्न मिल्दैन।‘

खतिवडाले बजेटमा हामीले सोचेभन्दा असहज अवस्था आउन सक्ने बताए। उनले खुला अर्थतन्त्रको पक्षमा रहेको बताउँदै राज्यको सम्पत्ति व्याक्तिको हातमा नजाओस् भन्नेमा सरकार सचेत रहेको बताए।

निरपेक्ष उदारीकरणले हित नगर्ने उनले बताए। समाजिक सुरक्षाका कुराहरु संसदलाई जानकारी गराएर गराउँदा राम्रो हुने उनले बताए। छोटो बाटो खोज्दा राम्रा कुरा पनि विवादमा पर्ने खतिवडाको भनाई थियो। अर्थतन्त्रमा संरचनागत कमजोरीहरु रहेपनि असफल राष्ट्रतर्फ नजाने उनको भनाई थियो।

प्रकाशित: २० चैत्र २०७४ ०९:०० मंगलबार

संसदमा अर्थमन्त्रीले भने सत्य तितो हुन्छ