अर्थ

एक सय घट्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४६ हजार रूपैयाँ निर्धारण भएको छ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख ४५ हजार तीन सय रूपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ४० रूपैयाँ निर्धारण भएको छ।  

प्रकाशित: १५ श्रावण २०८१ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App