अर्थ

युएसएआईडीको किसान- २ परियोजनाबाट २ लाख ७० हजारभन्दा बढी किसान लाभान्वित

कृषि उत्पादन १३९ प्रतिशतले बढाएको दाबी

अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले किसान- २ परियोजनाअन्तर्गत २ लाख ७० हजारभन्दा बढी किसानहरु लाभान्वित भएको दाबी गरेको छ।  

२०१७ को जुलाईमा सुरु भएको परियोजनाको बिहीबार समापन घोषणा गर्दै युएसएआईडीले ७३ प्रतिशत महिला र ६३ प्रतिशत सीमान्तकृत समूहका गरी २ लाख ७० हजार ६ सयभन्दा बढी किसानलाई सहयोग पुगेको बताएको हो। 

समापन समारोहमा युएसएआईडीले कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आयवृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू प्रदर्शनसमेत गरेको थियो। युएसएआईडी, नेपाल सरकार र निजी क्षेत्रबीचको बलियो साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीय वृद्धि भएको उसको दाबी छ।  

किसान- २ परियोजनाले १७७ फर्महरूसँग साझेदारी गरी लगभग ६ सय कृषि सल्लाहकार र किसानलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पुर्यानएको बताउँदै युएसआईडीले ३५ हजारभन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराएको उल्लेख गरेको छ। यस सहयोगले उत्पादन १३९ प्रतिशतले बढाउन र ४७ करोड ६० लाख अमेरिकी डलर बराबरको कृषिजन्य बिक्री गर्न मद्दत गरेको उसको तथ्याङ्क छ।  

जलवायुका दृष्टिले उपयुक्त कृषि अभ्यासहरू र नयाँ डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै युएसएआईडीले किसानहरूलाई जलवायु परिवर्तनका प्रभावहरूको राम्रोसँग सामना गर्न सक्ने गरी सशक्त बनाएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले युएसएआईडीको किसान २ परियोजनाले राइसमिल मोडेल र मेज एग्रिगेसन मोडेल प्रस्तुत गरेको बताउँदै यो मोडेल सरकारी निकायहरूले अपनाएको जानकारी दिइन् । उनले भनिन्, 'किसान- २ ले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्यारउँदै संयुक्त क्षेत्र समीक्षामा पनि सहयोग पुर्यालयो।नेपाल सरकारले अहिले दीर्घकालीन प्रयोगका लागि यस समीक्षा संयन्त्रलाई संस्थागत गरिरहेको छ।'  

कार्यक्रममा अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले भने, 'नेपाली किसानहरूलाई उनीहरूको आय वृद्धिगर्न, स्थानीय बजारमा स्वस्थकर खाद्य पदार्थमा उनीहरूको पहुँच विस्तार गर्न र मुलुकको समग्रखाद्य सुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपालको कृषिको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाउँदा हामी गौरवान्वित छौँ।'

किसान- २ परियोजनाको समापन समारोहमा नेपालसरकारलाई सहयोग पुर्या उन ज्ञान सामग्री र प्रविधि हस्तान्तरण गरिएको थियो । यसले कृषिमा निजी क्षेत्रको भूमिका विस्तार गर्न, लगानी आकर्षित गर्न र नेपालमा कृषि उत्पादन तथा आर्थिक समृद्धि बढाउन मद्दत गर्नेछ। कार्यक्रममा विभिन्नकिसानरनिजीक्षेत्रकानिकायहरूकोपनिसहभागितारहेकोथियो।

सन् २०११ देखि अमेरिकी सरकारको फिडदफ्युचर कार्यक्रमले ८ लाखभन्दा बढी नेपाली किसानहरूलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन मद्दत गर्न १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ।

प्रकाशित: ६ असार २०८१ १८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App