अर्थ

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई हेयर एन्ड शान्तिमा छुट

क्याप्शन

प्रभु बैंक र कमलादीको हेयर एन्ड शान्तिबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौताअनुरूप बैंकका ग्राहक तथा कर्मचारीलाई कमलादीको हेयर एन्ड शान्तिमा सौन्दर्य सम्बन्धी सेवामा छुट हुनेछ।

हेयर एन्ड शान्तिका निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीले हेयर एन्ड शान्तिमा प्रोफेसनल मेकअप, पेनलेस डिपिलेसन, हेयरकट एन्ड स्टाइलिङ, स्पा, मेनिक्योर, पेडिक्योर लगायतका सेवामा ग्राहकलाई १० प्रतिशत र कर्मचारीलाई ३० प्रतिशतसम्म छुट हुनेछ।

छुट सुविधा प्राप्त गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा कर्मचारीले बैंकको कर्मचारी परिचयपत्र पेश गर्नुपर्नेछ।

प्रकाशित: २५ जेष्ठ २०८१ ०७:३३ शुक्रबार

#Prabhu Bank #Kamaladi's Hair and Shanti #commercial