अर्थ

१ लाख ४० हजार रुपैयाँ पुगेको सुनको मूल्य ७ सयले घट्यो

अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको सुनको मूल्य आज घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ३९ हजार ३ सय रुपैयाँमा झरेको हो।

यस्तै,आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यस्तै,चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र घट्दै १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ४ जेष्ठ २०८१ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App